टोखा नगरपालिकामा जन प्रतिनिधि—पत्रकार संयुक्त अवलोकन भ्रमण

396

काठमाडौं / टोखा केब मिनि फन पार्कको आयोजनामा यहि चैत्र ११ गते सोमबार “सांस्कृतिक संरक्षित क्षेत्र” तोखा नगरपालिकामा जन प्रतिनिधि—पत्रकार संयुक्त अवलोकन भ्रमण हुने भएको छ ।

उक्त कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानुमाया डंगोल, वडा नं. २ का अध्यक्ष दिपक राज जोशी, वडा नं. ३ सिंह राज श्रेष्ठ लगायत प्रमुख अतिथिका रुपमा वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य उपस्थिति हुने भएको छ ।

यस कार्यक्रमको मूल उद्देश्य धार्मिक, ऐतिहासिक, एवम् सांस्कृतिक महत्व बोकेको टोखा नगरपालिकालाई विदेश तथा स्वदेशी पर्यटकहरुलाई आर्कषित गरी पर्यकीय क्षेत्रको रुपमा विकास गर्नको निम्ति आयोजना गर्न लागेको आयोजक संस्थाका संस्थापक सदस्य एवम् साहित्यकार प्रशान्त डंगोलले स्वाभिमान अनलाइनलाई जानकारी दिनु भयो ।

वि.सं. २०७१ सालका स्थापना भएको हाम्रो संस्थाले व्यापारिक आर्यआर्जन भन्दा पनि बाढी, पहिरो, भुकम्प पीडित तथा प्राकृतिक प्रकोपकमा परेका मानविय सेवालाई भविष्यमा पनि निरन्तरता दिदै जाने जानकारी दिनु भयो । आयोजक संस्थाले करिब १० बजे देखि शुरु हुने कार्यक्रममा अवलोकन तथा भम्रणका निम्ति सबैलाई आह्वान गरिएको छ ।

                                                                                                                     रीदेन महर्जन

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here