एमाले नेता पशुपति चौलागाईको निधन

151

काठमाडौं । एमाले नेता पशुपति चौलागाईको निधन भएको छ ।

चौलागाईको राजधानीको मनमोहन अस्पतालमा मंगलबार बेलुकी निधन भएको हो। उहाँको निधन कोरोना संक्रमणका कारण भएको अस्पताल स्रोतले जनाएको छ । पूर्वमन्त्री चौलागाई दोलखाबाट निर्वाचित प्रदेश सभा सांसद हुनुहुन्थ्यो ।

यसैगरी नेकपा एमाले कास्की जिल्ला उपाध्यक्ष शोभाकर भण्डारीको पनि निधन भएको छ । दुई नेताको असमायिक निधनप्रति एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here