कुवेतलाई बराबरीमा रोक्ने योजना

117

काठमाडौं / नेपालले कुवेतसँग दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल   नेपाली समयअनुसार आज राति ९ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्ने भएको छ । घरेलु टोली कुवेतसँग पहिलो मैत्रीपूर्ण खेलमा बराबरी खेलेको नेपाल दोस्रो खेलमा पनि कुवेतलाई रोक्ने रणनीतिमा छ ।प्रशिक्षक योहान कालिनले कुवेतलाई बराबरीमा रोक्ने योजना रहेको छ । मुख्य प्रशिक्षक योहान कालिनले भने, ‘कुवेत हामीविरुद्ध आक्रामक खेल्ने छ । हाम्रो लक्ष्य उसलाई रोक्नु नै हो ।’ पहिलो खेलले आत्माविश्वास बढेको भन्दै दोस्रो खेलमा पनि सकारात्मक नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको प्रशिक्षक कालिनले भने । यता, कप्तान विराट महर्जन पनि कुवेतलाई बराबरीमा रोक्ने लक्ष्य रहेको बताउँछन् ।कप्तान विराजले भने, ‘हामी कुवेतलाई रोक्न शतप्रतिशत प्रयास गर्ने छौं । सबै खेलाडीहरुले आफ्नो तर्पmबाट सक्दो प्रयास गर्ने छन् ।’ गत बिहीबार राति भएको खेलमा खेलअवधिभर दबाबमा रहेपनि कुवेतविरुद्ध नेपालले बराबरी खेल्न सफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here