सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर नेताकार्यकर्ताहरुलाई पक्राउ गर्न थालेपछि उक्त दलपनि सरकारप्रति कठोर ढंगले प्रस्तुत हुने संकेत गरेको छ । नेकपाका महासचिव विप्लवले सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै आफूमाथि सरकारले लगाएको प्रतिबन्ध नहटाए सरकार विरुद्ध प्रतिबन्ध लगाएने चेतावनी दिएको छ । सरकारको कदम र आफ्नो नेता कार्यकर्ता पक्राउको विरोधमा विप्लवले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् । विप्लवले चैतभित्र प्रतिबन्ध नहटाए सरकारमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
विप्लवले जारी गरेको विज्ञप्तिमा १३ गते देशभर जुलुस, १४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते नेपाल बन्द जनाइएको छ । त्यस्तै १९ गते देशभर अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, २२ र २३ गते कालो झण्डा प्रदर्शन र २४ गते देशभर जनप्रदर्शन गर्ने बताएको छ ।


















