इटालियन ब्रुमरको प्रयोगले के काठमाडौं अब सफा होला त ?

237

काठमाडौं– धुलो र धुवाले आजित बनेका काठमाडौंबासीलाई आजबाट केही राहत मिल्ने संकेत देखिएको छ । इटालियन ब्रुमरको सहायताले काठमाडौंका सडक सफा गरिने भएपछि धुलोबाट केही राहत मिल्ने देखिएको हो ।

काठमाडौं महानगरपालिकाले आज औपचारिक कार्यक्रम आयोजना गरी सडक सफाइका लागि इटालिएन ब्रुमर प्रयोगमा ल्याउने छ । राष्ट्रिय सभागृहमा आज दिउँसो कार्यक्रम राखिएको छ ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोलले दिएको जानकारी अनुसार सुन्धारा, टुँडीखेलआसपास ब्रमुर प्रयोग गरिने छ ।
त्यसैगरी थापाथली, बानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्ट रोडमा पनि ब्रुमरको प्रयोग गरी धुलो सफा गरिनेछ ।

त्यस्तै सिंहदरबार हुँदै पुतलीसडक हात्तीसार, दरबारमार्गमा पनि सफाइ गरिनेछ । त्यस्तै ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर तथा लैनचौर, लाजिम्पाट, महाराजगन्ज रोडमा पनि सफाइ गरिनेछ ।

कलंकी, बल्खु, कालीमाटी, टेकु त्रिपुरेश्वर, लगायतका स्थानमा पनि ब्रुमर सञ्चालन ल्याइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here