विप्लवलाई सहयोग गर्नेलाई पनि कारबाही

80

काठमाडौ, विप्लव नेतृत्वको नेकपालाई हालै प्रतिबन्ध लगाएको सरकारले अब उक्त पार्टीलाई कुनै पनि किसिमको सहयोग गर्नेलाई समेत कारबाही गर्ने जनाएको छ । गृहमन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त पार्टीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा समेत सहयोग गरेको पाइएमा कारबाही गर्ने जनाएको छ ।
विप्लव समुहलाई कुनै किसिमको आर्थिक, भौतिक सहयोग नगर्न त्रास, धम्की र प्रलोभनमा नपर्न र कसैबाट जबरजस्ती आर्थिक सहयोग माग गर्ने धम्की दिने कार्य भएमा प्रहरीलाई खबर गर्न अनुरोध गरिन्छ, गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त पार्टीलाई आर्थिक सहयोग तथा अन्य सहयोग गरेको पाइएमा दिने र लिनेलाई प्रचलित कानुन अनुसार कारबाही गरिने सरकारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here