-हुकुमबहादुर सिहं
नेपालमा अहिले रूपमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सरकार छ तर सारमा बर्नस्टाइनवादी (संशोधनवादी)हरूको सरकार छ । उसले नेपाली जनतालाई भ्रममा पार्न आफूलाई माक्र्सवादी–लेनिनवादी मार्ग निर्देशनमा चलेको पार्टी भन्ने गरेको छ र हसिया“हथौडाको झण्डालाई बदनाम गरीरहेको छ तर क्रान्तिकारीहरूलाई उसले भन्ने गर्दछ । ‘कम्युनिष्टको नाममाचन्दा नउठाउ, आतंक सृजना नगर । वर्ग संघर्षको कुरा गरेर समाजमा अशान्ति ल्याउने काम नगर । तिमी सित भएका सबै हातहतियार मेरो सरकारलाई बुझाउ“ । नबुझाए, मैले कारवाही गर्दर्छु । यो संविधानको विरोध नगर । जसले संविधानको विरोध गर्दछ उसलाई पार्टीको नाम राखेर राजनीतिगर्ने अधिकार छैन् ।’ आदि इत्यादि ।
मानौ उ नै नेपालमा सही कम्युनिष्ट पार्टी हो र ऊ नै सरकार र देश दुवै हो । उसले अहिले हिटलर र मुसोलिनीका चीहानबाट उठेर नेपालमा उनीहरूकै आवाजहरूको वान्ता गरिरहेको छ । हिटलर र मुसोलिनीले पनिती देशका जनतालाई ठग्न समाजवादका कुरा गरिरहेका थिए र नेपालको ‘कम्युनिष्ट’ सरकारले पनि अहिले त्यही भनिरहेको छ । एक समय नेपालमा ‘सबै नेपाली पञ्च, सबै पञ्च नेपाली’ भन्ने गरिनथ्यो, त्यही तरिकाले अहिले उसले ‘सबै कम्युनिष्ट– नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाल कम्युनिष्ट पार्टी (नेकपा)– सबै कम्युनिष्ट’ भन्ने नाराका आधारमा अन्य कम्युनिष्टहरूको अस्तित्व नामेट पार्ने, निषेध गर्ने सपना देखिरहेको छ । थर्काएर, धम्काएर, नभएबन्दुकको डर देखाएर उसले उक्त नारालाई कार्यान्वयन गर्न खोज्दैछ, मानौ उ एकै पटक हिजोको पञ्च पनि हो र हिजोको हिटलर मुसोलेनी पनि भएको छ । सारमा वर्तमान नेपाल सरकार माक्र्सवादीहरूको नै होइन, अनि कम्युनिष्ट नै होइन, त्यसैले यसले कम्युनिष्टको झण्डा बोकेर कम्युनिष्टलाई नेपालबाट निमिटयान्न पार्ने साम्राज्यवादी र विस्तारवादीको योजनामा काम गर्दैछ । त्यसैले त अमेरिकी साम्राज्यवादको इशारामा काम गर्दै आएको विखण्डनकारी सि.के.राउतलाई रातो कोर्पेट विछाएर स्वागत गर्दछ भने नेपालका देशभक्त तथा जनतान्त्रिक शक्तिहरू माक्र्सवादी क्रान्तिकारी कम्युनिष्टहरूलाई पुलिस, सेनातथा सशस्त्रको अगाडि बन्दुकको भरमा घुडा टेकाउने दुश्प्रयास गरिरहेको छ । अमेरिकी साम्राज्यवादलाई नेपालको घरेलु मामलामा सिधै हस्तक्षेपको निमन्त्रणा दिएर यो सरकारले नेपालका छिमेकीहरूको विश्वासमाथि कुठराघात गरिरहेको छ ।
जर्मन दार्शनिक एडवर्ट बर्नस्टाइन(१८५२–१८३२)ले माक्र्सवादको अर्को–माक्र्सवाद विरोधी व्याख्या प्रस्तुत गर्ने प्रयास ग¥यो, जसअनुसार उसले माक्र्सवादको मूल सिद्धान्त–वर्ग संघर्षको औचित्यतामाथि नै प्रश्न उठायो र भन्यो–‘वर्गसंघर्ष अब यतितीब्र छैन्, मजदुरवर्गको हालत पनि त्यति बिग्रीएको छैन्, बरु मजदुर वर्गको हालत अरु सुध्रिएको छ ।’ तर उसले समाजवादलाई समाप्त गर्ने कुरा भने गरेन । अहिलेको नेपालको ‘कम्युनिष्ट’सरकारले पनि बर्नस्टाइनले जस्तै गरी नेपालमा त्यही भन्दै छ–‘समाजवाद हाम्रो लक्ष्य हो ।’ जसरी बर्नस्टाइन र उसका अनुयायीहरूले परम्परागत माक्र्सवादको क्रान्तिकारी स्वरूपको स्थानमा विकासवादी संस्करणलाई प्रोत्साहित गरे, त्यसैगरी अहिले नेपालमा आफूलाई एक मात्र कम्युनिष्ट भन्नेहरूले विकास र समृद्धिको नाराभित्र बर्नस्टाइनको त्यही नक्कली माक्र्सवादलाई नेपालमा कार्यान्वयनमा ल्याउने दुस्प्रयास गर्दैछ । बर्नस्टाइनको भनाइ सापटी लिएर भन्दैछ ‘अब निकट भविष्यमा नेपालमा सर्वहारा क्रान्ति हुने कुनै लक्षण छैन । त्यसैले सशस्त्र संघर्ष र सशस्त्र जनविद्रोहका कुरा गर्नेहरूको भविष्य छैन ।’ सर्वहारा क्रान्ति सम्भावना भएकाले यो समयमा मजदुर वर्गको अधिनायकत्वको कुरा गर्नु कुनै अर्थ छैन भन्ने बर्नस्टाइनको बोलीमा बोली मिलाउदै यो सरकारका ‘कम्युनिष्ट’ नेता भन्दैछन्– ‘सर्वहारा क्रान्ति अब नेपालमा सम्भावना भएकाले यो समयमा मजदुर वर्गको अधिनायकत्वको कुरा गर्नु कुनै अर्थ छैन । त्यसैले अहिलेका लागि लोकतान्त्रिक संघीय गणतन्त्रको शासन व्यवस्थाको विकल्प हुन सक्दैन ।’
बर्नस्टाइनले जस्तै अहिले नेपालका बर्नस्टाइनका अनुयायीहरूले माक्र्सवादको मूल सिद्धान्तलाई आलोचना गर्दै समाजवाद स्थापनाका लागि वर्गसंघर्ष अनिवार्य हुन्छ भन्ने माक्र्सको ऐतिहासिक भौतिकवादलाई पनि अस्वीकार गर्दै दलाल, नोकरशाहको हितमा काम गर्ने नेपालको संविधान २०७२ को कार्यान्वयनबाट समाजवादको स्थापनाको भ्रम नेपाली जनतालाई पस्किरहेका छन् । यी आफूलाई माक्र्सवादी भन्नेहरूले सारमा वर्गसंघर्ष र वर्ग शासनको स्थानमा संसदीय लोकतन्त्रलाई वरियाताअन्तर्गत सबै वयस्क मताधिकारले सीमित सरकारलाई उत्तममानेका छन् र यसरी यिनीहरूले उदारवादलाई पनि समाजवादको सारतत्व मानेका छन् । माक्र्सवादले स्पष्टै भनेको के हो भने वर्ग विभाजित समाजमा पु“जीपति, कानुनी तथा शान्तिपूर्ण तरिकाबाट आफ्नो सत्ता छोड्न तयार हुने छैनन् भन्ने हो । यसको विपरीत यो सरकार जसले आफूलाई माक्र्सवादी भन्दछ, तर सिद्धान्त, विचार र कार्यदिशा विश्वभरका संशोधनवादीहरू– बर्नस्टाइन, लासाल र निकीता खुश्चेभको अनुशरण गरिरहेको छ र भन्दै छ– ‘अरुले हिंसा वन्द गर, तर मैले हिंसाको मार्ग लिन्छु, अरुले बन्दुक नउठाउ तर मैले बन्दुकले सबैलाई ठेगान लगाउँछु । म संविधानले दिएका र नदिएका पनि सबै अधिकारको उपयोग गर्दछु, तिमीहरूले संविधानमा र त्यसअनुसार काम गर आदिइत्यादी ।
यसरी अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बर्नस्टाइनवादी संशोधनवादले नेपाली कम्युनिष्ट आन्दोलनमा यति बढी संशोधन गरिदिएका छ कि त्यसमा कति माक्र्सवादको अंश छ भन्ने कुरा पत्ता लगाउन पनि कठिन हुनपुगेको छ । यद्यपि भन्न छाडेको छैन–“हामी माक्र्सवादी हौ ।’ तर माथि उल्लिखित तत्थ्यले भन्दछ– ‘तिमीहरू माक्र्सवादी होइनौ, तिमी त बर्नस्टाइनवादका पनि नक्कली चेलाहरू हौ ।’ -singhhukum683@gmail.com जनधारणा साप्ताहिक