काठमाडौं / बिजुली चम्कन्छ र चट्याङ पर्छ। सरकारी तथ्यांकअनुसार नेपालमा वर्षेनी चट्याङ लागेर ज्यान गुमाउँछन्।
देशभरको मौसम बदली हुने र मेघ गर्जनसहित पानी परिरहेको छ । धेरै ठाउँमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना छ । हावाहुरी र चट्याङसहितको वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसमविदहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।
गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले चट्याङ पर्ने बेलामा कसरी जोगिने भने केही सुझाव दिएको छ।
घरभित्र हुँदा :
- विद्युतीय सामग्रीहरू टिभी, फ्रिज, कम्युटर, वासिङमेसिन प्रयोग नगर्ने।
- तारसहितको टेलिफोन प्रयोग गरी कुरा नगर्ने।
- घरबाट बाहिर ननिस्कने।
- धारामा नुहाउने,लुगा धुने र भाँडा माझ्ने काम नगर्ने।
- विद्युतीय सामग्री टिभी, कम्प्युटर आदिको नजिक नबस्ने।
घरबाहिर हुँदा :
- अग्लो र एक्लो रूखमा ओत नलाग्ने।
- पौडिने, माछा मार्ने, र्याफ्टिङजस्ता क्रियाकलाप नगर्ने।
- खुला मैदानमा नबस्ने।
- धातुको तारबारको नजिक नबस्ने।
- मैदानमा लमतन्न परेर नसुत्ने ।


















