काडठमाडाैं । महिला फिफा वरीयता नेपालको फिफा महिला वरीयता खस्किएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।
फिफाले अघिल्लो पटक सार्वजनिक गरेको वरीयतामा नेपाल एक १०० औं स्थानमा रहेको छ ।
नयाँ वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको छ । एशियाली राष्ट्रको वरीयतामा १९ औं स्थानमा रहेको नेपाल दक्षिण एशियाली राष्ट्रहरु मध्यमा भने दोश्रो स्थानमा रहेको छ । नेपाल भन्दाअघि भारत रहेको छ । भारत फिफा वरियाताको ६० औं स्थानमा रहेको छ ।
विश्व वरीयताको शिर्ष स्थानमा अमेरिका रहेको छ । वरियाताको दोश्रो स्थानमा जर्मनी, तेश्रोमा स्विडेन रहँदा इङ्गल्याण्ड चौंथो र फ्रान्स पाँचौं स्थानमा छ ।
वरियाताको छैठौं, सातौ, आठौं, नवौं र १० औं स्थानमा क्रमशः स्पेन, क्यानडा, ब्राजिल, नेदरल्याण्ड्स, र अष्ट्रेलिया रहेका छन् ।


















