सामसुङ्गको आधिकारिक डिलर दाङ विजौरीमा

228

दाङ  / सामसुङ्गको आधिकारिक डिलर दाङ विजौरीमा आज बुधबार एक कार्यक्रमका विच सामुद्घाटन गरिएको छ । रत्ना अफिस अटोमेशन सेन्टर विजौरीका सञ्चालक झलक के.सी.को अध्यक्षता एवम् विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वलीको प्रमुख आथित्यमा र तुल्सीपुर उपमहानगर पालिका वडा नं. १८ का वडाध्यक्ष माधव वली, १९ का वडाध्यक्ष रामवहादुर योगी तथा प्रजातान्त्रिक उद्योग वाणिज्य संघ तुल्सीपुरका अध्यक्ष जनक खरालको विशिष्ट आथित्यमा कार्यक्रम सम्दघाटन गरिएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले यस क्षेत्रका लागि सामसुङ्गको डिलर यस क्षेत्रको आवश्यकतालाई परिपूर्ति गरेको भन्दै व्यवसाय सञ्चालकलाई शुभकामना तथा धन्यवाद समेत दिएका थिए । विश्व व्यापी व्राण्ड सामसुङ्गका हरेक प्रकारका सामानहरु अव विजौरीमै पाइने सञ्चालक के.सि.ले जनाए । यहाँ सामसुङगका टिभि, मोवाइल, फ्रिज, सिसि क्यामेरा लगाएतका सामसुङगका हरेक व्राण्डहरु पाइने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here