टम्पशेर राईको ‘तिमीलाई एउटा कुरा’ सार्वजनिक (भिडियो सहित)

270

काठमाडौं / गायक तथा संगीतकार टम्पशेर राई र गायिका मेलिना राईको आवाजमा रहेको ‘तिमीलाई एउटा कुरा भन्छु’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।

संगीतकार टम्पशेर राईको आफ्नै शब्द संगीतमा रहेको यस गीतमा नेपालकै चर्तित कलाकार एलिशा राई र विकास मगरको अभिनय रहेको यस गीतको एरेन्जमा अमोस तामाङको छ भने यस गीतलाई निकेश खड्काले निर्देशन गरेका छन्।

लामो समयसम्म रेडियोमा काम गर्दै आएका संगीतकार टम्पशेर राई पछिल्लो समयमा स्टेज कार्यक्रम सञ्चालकको रुपमा निकैनै लोकप्रियता कमाएका छन् । राईले दर्जन भन्दा बढी गीतहरु लेखिसकेका छन् भने त्यतिकै गीतमा संगीत र स्वर भरेका छन् ।

संगीतकार टम्पशेर राईले पछिल्लो समयमा आफ्नै शब्द संगीत र स्वरमा धेरै म्युजिक भिडियोहरु बजारमा ल्याइसकेका छन्।

हेर्नुहोस् भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here