पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

229

काठमाण्डौँ- नेपाल दूरसञ्चार प्राधिकरणको इन्टरनेटमा आधारित पब्जी खेल माथि प्रतिबन्ध लगाउने निर्णय खारेजीको माग गर्दै अदालतमा रिट दायर भएको छ।

अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौड्याल तथा विनय रिमालले सरकारले लगाएको पब्जी खेल माथिको प्रतिबन्ध असंवैधानीक तथा अन्तर्राष्ट्रिय कानुन विपरीत भन्दै आज सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

दायर गरीएको रिटमा जिल्ला अदालत तथा नेपाल सरकारको सम्पूर्ण निर्णय बदर गर्न माग गरीएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले गएको चैत्र २८ गते नेपालमा पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here