धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने

526

धनगढी- सुदूरपश्चिम प्रदेशको एक मात्र नियमित संचालनमा रहेको धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने भएको छ। धावन मार्ग अति जिर्ण भईसकेकाले स्तरोन्नतीका लागि वैशाख २२ गतेदेखि एक महिना सम्मका लागि विमानस्थलमा उडान बन्द गरिने विमानस्थलका प्रमुख तेज बहादुर बुढ्थापाले जानकारी दिए।

झण्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्य हुने भएकाले एक महिनाका लागि बन्द गर्ने निर्णय गरेको उनले जानकारी दिए। उक्त सुचना नेपाल नागरिक उड्यान प्राधिकरणको प्रधान कार्यालयलाई प्रकाशन गर्न आग्रह गर्ने निर्णय पनि भएको उनले जानकारी दिए। त्रिभुवन विमानस्थल पछिको सवैभन्दा ठुलो धावनमार्ग रहेको धनगढी विमानस्थलमा धावन मार्ग र पार्कीङ क्षेत्र विस्तारका लागि ठेक्का सम्झौता भएको छ।

त्यस्को ठेक्का लुम्वीनी, कोषी एण्ड न्यौपाने, खड्का, कोईराला जेभी काठमाडौँले पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवन्धक तथा धनगढीमा निर्माण आयोजनाका प्रमुख रत्नवहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षभित्र सेवा सुधारका लागि धनगढी विमानस्थलमा विभिन्न काम गर्दै आएको छ। नेपाल नागरिक उड्यान प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ। १७ करोड ८८ लाखमा अव धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २-२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना समेत रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here