काठमाडौं / सरकारले कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको छ। आज बिहिबार नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकार प्रवक्ता गोकुल बाँस्कोटाले कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिएका हुन् । उनले कारण भने खुलाएनन्।
सरकारलाई फिर्ता बोलाउन आवश्यक लाग्यो, बोलायोु, बाँस्कोटाले भने, ‘मन लाग्यो बोलायो, पहिला पनि बोलाइराखेको हो।’ उनले ‘कारण किन चाहियो’ भन्दै उल्टै पत्रकारलाई प्रति प्रश्न गरे ।
कोइरालालाई तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत नियुक्त गरेको थियो। उनी कांग्रेसी कोटामा राजदूत भएका हुन्। राजदूतमा अनुमोदन हुनु अघि कोइरालाविरूद्ध संसदीय सुनुवाइमा स्वार्थ बाँझिएको उजुरी परेको थियो । ‘राजदूत हुन जान लागेको देशमा नै कामदार पठाउने काम गरेको उजुरी’ उनीमाथि थियो।
















