बालुवाटार जग्गा प्रकरणमा दोषी भए देउवालाई पनि कारबाही हुनुपर्छ: प्रकाशमान

79

संखुवासभा- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटारको सरकारी जग्गा प्रकरणमा सभापति शेरबहादुर देउवाको संलग्नता पाइएमा कारबाही हुनुपर्ने जनाएका छन् ।

संखुवासभा सदरमुकाम खाँदबारीमा आज मंगलबार नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले बालुवाटारको सरकारी जग्गा कब्जा गर्नेहरु सरकार वा बाहिरका जो भए पनि सबैलाई कारबाही गर्नुपर्ने जनाए।

उनले बालुवाटारको सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा जो कोहीको संलग्नता रहे पनि निष्पक्ष छानबिन गर्नुपर्ने जनाए । केपी ओली नेतृत्वको सरकार अधिनायकवाद र अराजकतातर्फ अघि बढेको नेता सिंहले आरोप लगाए। उनले सरकार संघीयता कार्यान्वयनमा असफल भएको दाबीसमेत गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here