नीति तथा कार्यक्रममा कांग्रेसको संशोधन प्रस्ताव आजै दर्ता हुने

310

काठमाडौं – सरकारको तर्फबाट शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संशोधन प्रस्ताव पेश गर्ने भएको छ। सरकारको नीति तथा कार्यक्रममाथि फलफल गर्न शनिबार बसेको कांग्रेस संसदिय दलको बैठकले संशोधन प्रस्ताव पेश गर्ने निर्णय गरेको हो।

कांग्रेसले संशोधन प्रस्ताव पेश गर्ने निर्णय गर्नुअघि विश्व पौडेल, स्वर्णिम वाग्ले जस्ता संशोधन अर्थविद्सँग परामर्श गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडले जनाए। सरकारको नीति तथा कार्यक्रममाथि कांग्रेसले आजै संशोधन प्रस्ताव पेश गर्नेछ खाडले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here