डि सिने अवार्डमा बरिष्ठ अभिनेता नीर शाहलाई लाइफटाइम लिजेण्ड्री अवार्ड प्रदान

307

काठमाडौं / शनिबार काठमाडौंमा आयोजना भएको एघारौं ‘डि सिने अवार्ड २०७६’ मा पछिल्लो वर्षको दशैंमा प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘छक्का पञ्जा ३’ ले सर्वाधिक ८ विधामा अवार्ड जितेका । उत्कृष्ट चलचित्रको अवार्डसहित गायक, गायिका, लोक संगीत, हास्यकलाकार, चरित्र अभिनेत्री, सम्पादन र निर्देशकको अवार्डको हात पार्न सफल भयो । उत्कृष्ट निर्देशकको अवार्ड उचाल्न निर्देशक दीपाश्री निरौला स्टेज चढेकी थिइन् ।

गत वर्षको अन्तिम चलचित्र मध्येको एक ‘यात्रा’ ले पनि क्रिटिक्स अवार्डसहित ६ विधामा अवार्ड जितेको छ । यस चलचित्रले द्वन्द्व निर्देशक, पटकथा, नव—निर्देशक, सह—अभिनेता, अभिनेता, नव—निर्देशकको अवार्ड प्राप्त गरेको हो । डि सिने अवार्डमा ‘यात्रा’ बाट उत्कृष्ट अभिनेताको अवार्ड सलिनमान बनियाले उचाल्दा चलचित्र ‘प्रसाद’ बाट नम्रता श्रेष्ठ उत्कृष्ट अभिनेत्री घोषित भएकी थिइन् ।

अत्यन्तै न्यून संख्यामा कलाकारहरुको उपस्थिति रहेको अवार्ड कार्यक्रममा बरिष्ठ अभिनेता नीर शाहलाई छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड, गायिका देवीका बन्दनालाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान, निर्देशक शोभित बस्नेतलाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान र पत्रकार अनन्त वाग्लेलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here