१२ वर्षीया बालिकालाई होटलमा लगेर बलात्कार गर्ने पक्राउ

156

कास्की /  १२ वर्षीया बालिका बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ छ ।  पोखरा महानगरपालिका-११ रानिपौवा बस्ने धादिङ मलेखु घर भएकी १२ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राम बहादुर रम्तेललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राम बहादुरले पोखरा महेन्द्रपुलस्थित एक होटलमा लगेर बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै सोही घटनामा संलग्न रहेको आशंकामा पोखरा महानगरपालिका बस्ने २५ वर्षीय लक्ष्मण चौधरीलाई समेत आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here