सुन विश्वका महंगा धातुहरु मध्ये एक हो । व्यक्तिको मात्र होइन मुलुककै सम्पत्तिको सूचकको रुपमा पनि रहने गरेको छ । विश्वका धनी देशहरुसँग प्रसस्त मात्रामा सुनको भण्डार रहेको छ । सबैभन्दा धेरै सुन रहेका देशहरु यस प्रकार रहेको छः
अमेरिका : विश्वमा सबैभन्दा धेरै सुन भण्डार रहेको देशको सूचिमा पहिलो नम्बरमा रहेको अमेरिकासँग ८ हजार १३३ दशमलब ५ टन सुन रहेको छ ।
जर्मनी : सबैभन्दा धेरै सुनको धनी रहेको मुलुकको दोश्रो स्थानमा जर्मनी रहेको छ । वल्र्ड गोल्ड काउन्सिलका अनुसार जर्मनीको स्वामित्वमा ३३ सय ८१ टन सुन रहेको जर्मनीमा सबैभन्दा धेरै सुन रहेको युरोपेली मुलुक पनि हो ।
इटाली : सबैभन्दा धेरै सुन रहेको मुलुकको तेश्रो स्थानमा रहेको इटालीसँग २४ सय ५२ टन सुन रहेको छ ।
फ्रान्स : ढुकुटीमा सबैभन्दा धेरै सुन रहेको मुलुकको चौथो स्थानमा फ्रान्स रहेको छ । फ्रान्ससँग २४ सय ३६ टन सुन रहेको छ ।
चीन : छिमेकी मुलक चीन विश्वमा सबैभन्दा धेरै सुन रहेको मुलुकको पाँचौ स्थानमा परेको छ । विश्व सुन परिषदका अनुसार चीनसँग १७६२ टन सुन रहेको छ ।
रुस : क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठूलो मुलुक रुस सुनको मामिलामा चाहीँ छैटौँ स्थानमा रहेको छ । रुससँग १३ सय ९३ टन सुन रहेको छ ।
स्विजरल्याण्ड : युरोपेली मुलुक स्विजरल्याण्ड बढि सुन रहेको देशको सूचिमा सातौँ स्थानमा रहेको छ । स्विजरल्याण्डसँग १०४० टन सुन रहेको छ ।
जापान : आठौँ स्थानमा रहेको जापानसँग ७६५ टन सुन रहेको छ । जापानसँग सन् १९५० मा केवल ६ टनमात्र सुन रहेको छ ।
नेदरल्याण्ड : सबैभन्दा धेरै सुन रहेको मुलुकको नवौँ मुलुक नेदरल्याण्डको ६१२ टन सुन रहेको छ ।
भारत : ढुकुटीमा सुन रहेको मुलुकको दशौँ स्थानमा भारत रहेको छ । भारतसँग ५५७ दशमबल ७ टन सुन रहेको छ । रोचक त के भने भारत सरकार सँग आधिकारिक रुपमा रहेको सुनको परिमाण भन्दा भारतका जनता तथा मन्दिरहरुमा रहेको सुनको परिमाण धेरै छ ।


















