मुस्लिम समुदायको पवित्र रमजान सुरु

355

काठमाडौं- मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व रमजान सुरु भएको छ। एक महिना चल्ने यो पर्वमा मुसलमान समुदायका मानिस दिनभर निराहार बस्छन्।

निराहार बस्नुलाई रोजा भनिन्छ। यो अवधिभर कुरान पाठ गर्ने र अल्लाहप्रति कृतज्ञता प्रकट गर्ने प्रचलन छ।

यो महिनामा विधिपूर्वक व्रत बस्नाले अल्लाहको कृतज्ञता प्राप्त हुने धार्मिक विश्वास रहेको छ। रमजान महिनामा मुसलमानको पवित्र ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ। दान दिनु, गरिब र दीनदुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको विशेषता हो। त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा रोजा बस्नुलाई गर्वको विषय मानिन्छ।

नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here