यी कम्पनीका शेयरधनीहरु एकै दिनमा मालामाल

486

काठमाडौं / पुँजी बजार मंगलबार सामान्य अंकले बढेपनि मंगलबार हिमालयन डिष्टिलरी लिमिटेडको शेयर मूल्य बढेको
छ ।

१० प्रतिशतले शेयर बढेर प्रतिकित्ता १६५० रुपैयाँ पुगेको छ । यो कम्पनीको शेयर आज एकै दिन १५० रुपयौले बढेको छ । त्यसैगरी नागरिक लगानी कोषको प्रतिकित्ता ११३ रुपैयाँ बढेर २६३६ रुपैयाँ पुगेको छ । ग्लोबल आइएमई लद्युवित्त वित्तीय संस्थाको प्रतिकित्ता ४९ रुपैयाँ बढेर १२४४ रुपैयाँ पुगेको छ भने एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रतिकित्ता ३८ रुपैया बढेर ९९८ रुपैयाँ पुगेको छ । त्यसैगरि ओरियण्टल होटल्स् लिमिटेडको प्रतिकित्ता ३७ रुपैयाले बढेर ५८५ रुपैयाँ र सोल्टी होटल लिमिटेडेको प्रतिकित्ता १२ रुपैयाँ बढेर २४० रुपैयाँसम्म पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here