विरोधकोबीच ‘नीति तथा कार्यक्रम’ बहुमतले पारित

88

 काठमाडौं / गत शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रस्तुत  गरेको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको आजको बैठकले बहुमतले पारित गरेको छ ।

प्रमुख प्रतिपक्षी दलको अवरोधका बीचमा नीति तथा कार्यक्रम पारित भएको हो । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले संसद्को गरिमा कायम नभएको भन्दै नियमापत्ति गरेको थियो ।

सुरुको मन्तव्य सकेपछि विभिन्न स‌ांसदहरुले प्रधानमन्त्री ओलीसामु प्रश्न राखेका थिए । प्रश्न नराख्न निर्देशन भएकोले त्यसमा सत्तापक्षका सांसदहरुले खासै प्रश्न सोधेनन् । अधिकांश प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोलेको तीनवटा आपत्तिजनक शब्दलाई लिएर नेपाली काँग्रसका सांसदहरुले स‌ंसदमा विरोध गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोलेको तीनवटा आपत्तिजनक शब्दलाई लिएर नेपाली काँग्रसका सांसदहरुले स‌ंसदमा विरोध गरे । प्रधानमन्त्रीले रोस्टममा बसेर कहिले ‘उत्तर चाहिन्छ कि चाहिँदैन ?’ त कहिले ‘अपशब्द बोल्न पाईं‌दैन’ भन्दै चेतावनी दिइरहँदा काँग्रेस सांसदहरु भने संसदीय मर्यादा कायम गर्न माग गर्दै नाराबाजी गरिरहेका थिए । त्यसअघि सांसदले नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेको जिज्ञासाको प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको भन्दै पुनः प्रतिप्रश्न गरेका थिए । प्रधानमन्त्रीले सांसदले उठाएको प्रतिप्रश्नको जवाफ दिने क्रममा प्रतिपक्षी काङ्ग्रेसका सांसदले उठेर विरोध जनाएका थिए । सभामुख महराले पटक-पटक सांसदलाई आसन ग्रहण गर्न आग्रह गर्नुभएको थियो ।

सभामुखको आग्रह अटेर गर्दै विपक्षी सांसदले उभिएर विरोध गरेपछि प्रधानमन्त्रीले प्रश्न गर्ने सांसद्को अधिकारको विषय भएको उल्लेख गर्दै मर्यादित ढङ्गबाट प्रश्न गर्न पाइने जनाउनुभयो । उहाँले भन्नुभयो, ‘अमर्यादित शब्द बोल्न पाइँदैन, प्रश्नको सीमा र मर्यादा हुनुपर्छ ।’ काङ्ग्रेसका सांसदको विरोध बढ्दै गएपछि प्रधानमन्त्रीले पुनः भन्नुभयो, ‘प्रश्नको जवाफ चाहिएको छ कि छैन ? म यहाँ जवाफ दिन उभिएको हो ?’ सोही नाराबाजीकाबीच नै प्रधानमन्त्रीले पनि आफ्नो कुरा सिध्याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here