काठमाडौं / नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य भरत बम पक्राउ परेका छन् । उनको साथबाट विष्फोटक पदार्थसमेत बरामद भएको बाँके प्रहरीले दाबी गरेको छ । उनी नेकपाका पश्चिम क्षेत्रका प्रभावशाली नेता हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) अरुण पौडेलका अनुसार उनी बमसहित नेपालगन्जको जानकी गाउँपालिका–६ गहनापुरमा आज पक्राउ परेका हुन् । विप्लव नेतृत्वको नेकपाले भने प्रहरीले उनलाई फसाउनका लागि गलत प्रचार गरेको दाबी गरेको छ ।
भरत बम विप्लव नेतृत्वको नेकपाका सुदर्शन वलीपछि पक्राउ पर्ने दोस्रो ठूला नेता हुन् । उनी नेता प्रकाण्डसँगै जनयुद्ध लडेका नेता हुन् ।


















