काठमाडौं / गत चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण छोडेर शिक्षकहरु आन्दोलनमा उत्रेका छन् । उत्तरपुस्तिका परीक्षणवापतको रकम बढाउनुपर्ने माग उनीहरुले राखेका छन् । उत्तरपुस्तिका परीक्षण सुरु हुने बेलासम्म चुपचाप लागेका उनीहरु उत्तरपुस्तिका जिम्मा लिएर परीक्षण समेत सुरु भएपछि आन्दोलनमा उत्रिएका छन् ।
शिक्षकहरुले परीक्षणवापत पाउनु पर्ने रकम नबढाएसम्म ताला नखोल्ने र आन्दोलनलाई जारी राख्ने चेतावनी दिएका छन् । आन्दोलनमा तीनवटा शिक्षकका संघ संगठन सहभागी जनाएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक संघ आन्दोलनमा सहभागी भएका छन्।
पनिकाले मुलुकभर ६० वटा केन्द्रबाट उत्तरपुस्तिका परीक्षण गरिरहेको छ। एसईई परीक्षामा मुलुकभर ४ लाख ७० हजार सहभागी थिए। उनीहरुको परीक्षा चैत अन्तिममा सकिएको थियो ।


















