काठमाडौ, सरकारले आम सञ्चार माध्यमलाई कस्ने किसिमको विधेयक संसदमा दर्ता गरेको छ । सरकारले प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाउन भन्दै ल्याएको विधेयकमा पत्रकारलाई समाचार लेखेकै भरमा दश लाखसम्म जरिवाना गर्ने व्यवस्थासहितकको विधेयक संसदमा दर्ता गरेको छ ।
सञ्चारमाध्यम वा प्रकाशक सम्पादक र पत्रकारले कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्याएको देखिएमा पच्चिस हजार देखि दश लाखसम्म जरिवना गराउन सक्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ। त्यस्तै विधेयकमा काउन्सिलले आचारसंहिता उल्लंघन गरे क्षति पुगेको व्यक्ति वा संस्थालाई क्षतिपूर्ति भराउन सक्ने व्यवस्था रहेको छ। विधेयकमा पत्रकारले आचारसंहिता उल्लंघन गरेमा सामान्य कानुन अनुसार कारबाहीका लागि पनि बाटो प्रसस्त गरिदिएको छ।


















