काठमाडौं- काक्रेविहार म्युजिक प्रालिको प्रस्तुतिमा गायक टोपेन्द्र रसाइली र गायिका कोपिला छिनालको आवाजमा मर्मस्पर्शी गीत ‘सच्चा सपूतु सार्वजनिक भएको छ।
नेपालको परिवर्तनमा मुख्य भूमिका निर्वाह गर्ने महान् व्यक्तिहरूको उच्च मूल्यांकन गर्दै गायक टोपेन्द्रले निकै प्रेरणदायी गीत बनाएका छन्। गीतमा सञ्चारकर्मी रवि लामिछाने, धुमुस सुन्तली, लोक गायक कृष्ण कँडेल, बेचिएका चेलीको उद्दारमा सक्रिय अनुराधा कोइरालाको योगदानलाई समेटिएको छ साथै भाग्य न्यौपाने, शिशिर भण्डारीलाई पनि गीतमा देख्न सकिन्छ।
गीतमा शब्द तथा संगीत टोपेन्द्रको रहेको छ। राजु श्रेष्ठको छायांकन, रञ्जना पौडेलको सम्पादन रहेको गीतलाई दीपक जलनले निर्देशन गरेका छन्।


















