केशव स्थापित फेरि मन्त्री बन्ने

221

काठमाडौं– मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद बैठकमै अभद्र व्यवहार गरेको आरोपमा बर्खास्तीमा परेका प्रदेश–३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित फेरि मन्त्री बन्ने भएका छन् ।

स्रोतका अनुसार नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सोही जिम्मेवारीमा फर्काउने बचन दिएका छन् । पछिल्लो समय आफूसँग भेट गर्ने शुभचिन्तकलाई स्थापितले आफू फेरि मन्त्री बन्ने जनाउन थालेका छन् । आफूमाथि मन्त्रिपरिषदमै अभद्र व्यवहार गरेको भन्दै मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री ओलीसँग परामर्शपछि गत १६ कात्तिकमा स्थापितलाई पदबाट खर्बास्त गरेका थिए । प्रदेशको महत्वपूर्ण मन्त्रालय लामो समय नेतृत्वविहीन हुँदासमेत नयाँ मन्त्री नियुक्त गरिएको छैन ।

मुख्यमन्त्री पौडेल आफैंले राखेको भौतिक पूर्वाधार मन्त्रालयको काम सन्तोषजनक छैन । स्थापितलाई पुनस्र्थापित गराउनकै लागि नयाँ मन्त्री नियुक्त नगरिएको ओलीनिकट स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here