अष्ट्रेलिया लैजाने बहानामा ठगी गर्ने २ जना पक्राउ

145

काठमाडौं / अष्ट्रेलिया लैजाने बहानामा ठगी गर्ने २ जनालाई प्रहरीले मगंलबार काठमाडौंबाट पक्राउ गरेको छ। महानगरिय अपराध महाशाखाको टोलीले चक्रपथस्थित एसियन ईन्टरनेशनल एजुकेशनल कन्सलटेन्सीमा कार्यरत गणेश स्याङ्वो ९अरविन० र सुनसरीकी रेजिना अधिकारीलाई पक्राउ गरेको हो।

गोकर्णेश्वर–४ माकलवारीका अमित श्रेष्ठसँग ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए। अधिकारीले श्रेष्ठसँग कोर्ट म्यारिज समेत गरेको उनले जानकारी दिए । प्रहरीका अनुसार स्याङवोले अधिकारीलाई प्रयोग गरेर ठगी गर्ने गरेको पाइएको छ।

स्याङवाको योजनामा अधिकारीले आफुँ अष्ट्रेलियन पिआर होल्डर रहेको भन्दै केटाहरुलाई फसाउने गरेको पाइएको छ। ‘नक्कली बिवाह गरेर अष्ट्रेलिया लैजाने भन्दै पैसा असुलेको पाइयो,’ एसएसपी थापाले भने, ‘पैसा हात परेपछि भने फरार हुदिँ रहिछ।’

स्याङवोले अधिकारीका लागि नक्कली भिसा समेत बनाउने गरेको पाइएको एसएसपी थापाले बताए। ‘आवश्यक सबै कागजात स्याङवोले बनाउने रहेछ,’ उनले भने। उनीहरुले यही प्रकृया प्रयोग गरेर अन्य व्यक्तिहरुलाई पनि फसाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here