कञ्चनजंघा आरोहणमा गएका २ भारतीयको मृत्यु

368

काठमाडौं- कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीय आरोहीको मृत्यु भएको छ। पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले उनीहरुको मृत्यु भएको र एक जना सम्पर्कविहीन भएको पुष्टि गरेका छन् ।

मृत्यु हुनेमा भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्ताल करार रहेको पर्यटन विभागले जनाएको छ ।

नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधवार १० नेपालीसमेत ३६ जना पुगेको पर्यटन विभागले जनाएको छ। पर्यटन विभागका प्रवक्ता सुरेन्द्र थापाका अनुसार सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा मृतक भारतीयहरूको शव ल्याउने प्रयास भइरहेको छ। दुइटै शव दोस्रो शिविरमा ल्याएर त्यहाँबाट भोलिसम्म काठमाडौं ल्याइने थापाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here