नेपालको सिमा भारतबाट मिचिएको बारे चीनमा व्यापक छलफल

265

काठमाडौं / नेपालको सिमा भारतबाट मिचिएको बारे चीनमा व्यापक छलफल चलिरहेको छ । चीन सरकारको औपचारिक निमन्त्रणामा ‘कन्फरेन्स अन डायलग अफ एसियन सिभिलाइजेसन’ नामक एसियाली सम्मेलनमा सम्बोधन गर्दै फणीन्द्र नेपालले भारतले नेपालको ६० हजार वर्ग कि।मि जमिन मिचेको जनाएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा बुधबार उद्घाटन गरिएको कार्यक्रममा आज बिहीबार नेपाली समयअनुसार बिहान ७:५० मा बेजिङको एक सभाकक्षमा फणीन्द्र नेपालले भारतले नेपालको करिब ६० हजार वर्ग किलोमिटर जमिन उपनिवेशमा राखेको उल्लेख गर्दै उपनिवेश अन्त्य नभएसम्म एसियामा राजनीति सम्भव नहुने जनाएका हुन् ।

चीनले आफ्नो सार्वभौमताको रक्षाको लागी युद्ध लडेको र उपनिवेश विरुद्ध शान्ति पुर्ण रूपमा हङकङ र मकाउ फिर्ता लिएको विषयलाई समेत उल्लेख गर्दै नेपालको पनि अधीनस्थ जमिन फिर्ता हुनु पर्ने जनाएका छन् ।

सम्मेलनमा विश्वभरका १२६ देशका प्रतिनिधि सहभागी थिए । सम्मेलन शुक्रबारसम्म चल्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here