आठौं राष्ट्रिय खेलकुदमा विजेता खेलाडीलाई सम्मान

283

काठमाडौं / नेपाल क्योकुशिन बुदो कराते साकाई इन्टरनेशनलले आठौं राष्ट्रिय खेलकुदमा पदक विजेता आफ्ना खेलाडीलाई सम्मान गरियो । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रम गर्दै सम्मान गरेको हो । बैशाखमा नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा ६० किलो तौल भन्दा कममा स्वर्ण जित्न सफल सन्तोष कुमार लामा, उत्सुबाट स्वर्ण जितेकी विन्दु पुन र रजत विजेता विनोद निरौलालाई नगद र प्रमाणपत्र सहित सम्मान गरेको हो । त्यस्तै आठौंमा उत्कृष्ट प्रर्दशन गरेका तर पदक जित्न नसकेका निशा बोहोरा र विनोद थापालाई पनि प्रत्साहन स्वरुप इन्टरनेशनलले सम्मान  गरेको थियो । अध्यक्ष भुषण महर्जन, प्रशिक्षक राम बहादुर बमजन, सदस्य तथा पुर्व खेलाडी सोनु महर्जन, महासचिव अजय महर्जन लगातले नगद सहित खादा लगाएर प्रमाण प्रत्र प्रदान गरेको थियो ।  त्यस्तै संघले कार्यक्रममा यूकेबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रमाणपत्र विभिन्न जिल्लाका ३० जना खेलाडीलाई प्रदान गरेको छ । राष्ट्रिय प्रमाणपत्र १२ जना खेलाडीलाई प्रदान गरेको थियो । देशभरका १८ जिल्लाबाट ४२ जना खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्टिय प्रमाणपत्र प्राप्त गरेका थिए । क्योकुशिन बुदो कराते इन्टरनेशनल एक वर्ष अघि स्थानपना भएको थियो । एकै वर्षमा इन्टरनेशनलले राम्रो सफलता हात पार्न सफल भएको छ । सम्मानपछि बोल्दै प्रशिक्षक राम बहादुर बमजनले सबै खेलाडीलाई आगमी दिनमा उत्कृष्ट प्रर्दशन गर्न सुझाव दिए । प्रशिक्षक बमजनले खेलाडीलाई निरन्तर मिहेनत गर्न आग्रह पनि गरे । क्योकुशिन बुदो कराते इन्टरनेशनलका अध्यक्ष भुषण महर्जनले खेलाडीको प्रर्दशनले आफु खुशी र उत्साहित भएको जनाए । सबैको सहयोग र साथले यो सफलता हात पारेको भन्दै महर्जनले आफ्नो सम्पूर्ण टिमलाई धन्यावाद दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here