विकास निर्माण र जनताको सेवा गरेर संघीयता विरोधीलाई चुप लगाउनुपर्छ: प्रचण्ड

307

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय प्रणालीलाई नरुचाउनेहरू सल्बलाउन खोजेको जनाएका छन्। उनले त्यस्ता व्यक्तिहरूलाई चुप लगाउनका लागि संघीय प्रणालीले जनतालाई सेवा दिएर र विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघीयता विरोधीहरूलाई चुप लगाउनका लागि विकास गर्ने र यसबाट जनतालाई बढीभन्दा बढी सेवा दिने बनाउनुपर्ने धारणा राखे।

‘संघीय गणतन्त्रलाई नरुचाउने र हिजोको केन्द्रीकृत व्यवस्था रुचाउने मान्छेहरू सल्बलाउन थालेका छन्’, प्रचण्डले थपे, ‘हामीले छिटोभन्दा छिटो भौतिक पूर्वाधार निर्माण गर्नुपर्दछ। जनतालाई सेवा दिने कुरालाई गती दिँदै विकास निर्माणमा पनि गती दिनुपर्दछ।’

अध्यक्ष प्रचण्डले संघीय सरकारले अगाडि सारेको ुसुखी नेपाली, समृद्ध नेपालुको नारालाई पनि साकार पार्नका लागि तीनवटै तहका सरकार लाग्नुपर्ने जनाएका छन्।

‘संघीय नेपालले जनतालाई राम्रो सेवा दियो भन्ने प्रमाणित गर्नुपर्ने हुन्छु’ अध्यक्ष प्रचण्डको आग्रह थियो।

उक्त कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, सांसद तथा नेकपाकी नेतृ पम्फा भुसाल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here