काठमाडौं / प्रधानमन्त्री ओली प्रचण्ड र महासविव पौडेलबीच त्रिपक्षीय छलफल भएको छ । बालुवाटार पुगेका प्रचण्ड र ओलीबीचको तीन घण्टा गोप्य छलफलपछि पार्टीका माहासचिव विष्णु पौडेललाई पनि बोलाइएको थियो ।
ओली र प्रचण्डबीच भएको उक्त छलफलमा जेठ १५ मा सार्वजनिक गर्न लागिएको बजेट , सरकारले ल्याएको विधेयक , सरकारका काम कारवाहीप्रति बाहिर भएका आलोचना, नेकपाको एकता प्रक्रियामा भएको ढिलाइ लगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।
पछिल्लो समय सरकारले संसदमा पेश गरेका मिडिया काउन्सिललगायतका विधेयकमा प्रमुख प्रतिपक्ष दल तथा सञ्चारकर्मीहरुले चर्को विरोध गर्दै आएका छन् । प्रमुख प्रतिपक्षले मिडिया काउन्सिल विधेयक संसदबाट कुनै हालतमा पारित गर्न नदिने अडान राख्दै आएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले समेत केही विधेयकमा विवाद बढेपछि कानुनका जानकारहरुसँग छलफल चलाइरहेका बेला सत्तारुढ दलका दुई अध्यक्षबीच गोप्य भेटवार्ता भएको रातोपाटीमा खबर छ ।


















