फोन ह्याङ हुन्छ ? यी कुरामा ध्यान दिए तपाईको फोन कहिले पनि ह्याङ हुने छैन

376
यी कुरामा ध्यान दिए तपाईको फोन कहिले पनि ह्याङ हुने छैन

यदि तपाईको फोन बारम्बार ह्याङ् भएर समस्या दिन्छ भने तपाईले कुनै गल्ती गरिरहनु भएको छ । यी कुरामा ध्यान दिनु भो भने तपाइँको फोन कहिले पनि ह्याङ हुने छैन ।

टिप्स नम्बर १ 
यस्ता फाइल र फोल्डर जसको प्रयोग कम हुन्छ यस्तालाई क्लाउड स्टोरमा स्टोर गर्नुस् । यसो गर्दा मोबाइलको इन्टरनल मेमोरी खाली रहन्छ । क्लाउड स्टोर भर्चुअल ड्राइभ जस्तै हो यसमा तपाई आफ्नो डाटा सेभ गर्न सक्नु हुन्छ । गुगल ड्राइभ, वन ड्राइभ र ड्रप बक्स क्लाउड स्टोरेज एप्लिकेशन प्रयोग गरेर मोबाइलको मेमोरी कम गर्न सकिन्छ ।

टिप्स नम्बर २ 
फोन ह्याङ हुने सबैभन्दा मुख्य कारण इन्टरनल मेमोरी हो । जव फोनको इन्टरनल मोमरी वा र्‍याम कम हुन्छ अनि फोन ह्याङ हुन्छ । यसका लागि तपाइँले स्मार्टफोनमा एक्सप्याण्डल मेमरीको अप्सनमा गएर त्यहाँ भिडियो, पिक्चर आदि सेभ गर्न सक्नु हुन्छ । जुन एप्लिकेशन प्रयोग हुँदैन त्यस्तो एप्लिकेशन हटाइदिनुस् । यसले फोन ह्याङ हुने समस्या कम गर्छ ।

टिप्स नम्बर ३ 
हरेक स्मार्टफोनमा फ्याक्ट्री डाटा रिसेट अप्सन हुन्छ । फ्याक्ट्री रिसेट गर्दा फोनको ह्याङ हुने समस्या समाधान हुन्छ । तर त्यसो गर्न अघि फोनको डाटा ब्याकअप गर्न नभुल्नुस् ।

टिप्स नम्बर ४ 
फोनबाट त्यस्ता सबै चिज डिलिट गरिदिनुस् जुन तपाइँलाई आवश्यक छैन । त्यति मात्र होइन फोनको सेटिङमा गएर स्टोरेजमा क्लिक गर्नुस् यहाँ क्यास डाटा ९ऋबअजभ मबतब० को विकल्प आउँछ त्यहाँ गएर क्लियर डाटा गर्नुस् । समय समयमा यस्तै गर्नुस् ।

टिप्स नम्बर ५ 
फोनमा गीत, भिडियो, तस्वीरे र अन्य डाटा एक्सटर्नल मेमरीमा सेभ गर्नुस् । तपाइँले एक्सटर्नल मेमरीलाई डिफल्ट राख्नु भयो भने सेभ हुँदा त्यसमै हुन्छ ।
इन्टरनल मेमरीको धेरै भाग खाली राख्दा फोन ह्याङ हुने समस्या कम हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here