पहिलो एशियन रेजिलिएन्स सम्मिट होटल याक एण्ड यतीमा हुने

183

काठमाडौं । पहिलो एशियन रेजिलिएन्स सम्मिट २०१९ मे ३१ मा होटल याक एण्ड यतीमा आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डले ग्लोबल ट्राभल एण्ड टुरिजम रेजिलिएन्स काउन्सिल, यु.एन.डब्लु.टि.ओ, प्यासिफिक एसिया ट्राभल एशोशिएसन सँगको सहकार्यमा समिट हुन लागेको हो ।

सो सम्मेलनले नेपालको पर्यटन क्षेत्रले २०७२ सालको विनासकारी भुकम्प पश्चात गरेको पुर्नस्थापनको नमूना प्रस्तुत गरी विश्वभरीका प्रख्यात पर्यटन क्षेत्रका हस्तीहरुको संजाल तथा ज्ञान, अनुभव साटासाट गर्ने अवसर प्रदान गर्नेछ । सम्मेलनले नेपालले विभिन्न आर्थिक, राजनैतिक, प्राकृतिक तथा मानविय कारणले भएका परिवर्तनहरुका माझ पुनःस्थापना गर्न सक्नुका रणनितिहरुबारे छलफल हुनका साथै दिगो विकासका लागि विश्वव्यापी साझेदारीको अवसरहरु प्रदान गर्नेछ ।

बेलायतको प्रख्यात मिडिया जेकव मिडिया ग्रुपद्वारा संचालीत ग्लोबल ट्राभल एण्ड टुरिजम रेजिलिएन्स काउन्सिलले तथा पर्यटन क्षेत्रको विज्ञहरुलाई अनुभव साटासाट तथा ज्ञान लिनको लागि अवसर प्रदान गर्छ । विभिन्न महादेशमा सफलताका साथ सम्पन्न भएको रेजिलिएन्स सम्मिटको एसियाको पहिलो संस्करण नेपालमा हुन लागिरहेको हो ।

काउन्सिलका संस्थापक सदस्य तथा जेकव मिडियाका ग्रुप विजिनेस डेभलप्मेन्ट निर्देशक डेनियला वाग्नरले नेपालमा आयोजना गर्न पाएकोमा गर्व लागेको बताईन् । उत्थानताको सफल उदाहरण बनिसकेको नेपालको पर्यटन क्षेत्रले सबैलाई ज्ञान दिनेमा विवश्त रहेको जनाइन् ।

बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशीले विनासकारी भुकम्प पश्चात नेपालको पर्यटन क्षेत्रको उत्थानसिलताको श्रेय सार्वजनिक निजी साझेदारीलाई दिनपर्नेमा जोड दिँदै नेपाल पर्यटन बोर्डले स्थापना कालदेखिनै निजी क्षेत्र र सार्वजनीक क्षेत्रको सबल पक्षलाई आत्मसाथ गरी संसारसामु उदारहणीय कार्य गरिरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here