प्रधानमन्त्री ओली जेठ २५ देखि युरोप भ्रमणमा जाने

153

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि एक हप्ता लामो युरोप भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको स्विजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणबारे औपचारिक जानकारी गराएको हो ।

प्रधानमन्त्री ओली जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

त्यसपछि जेठ २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा संबोधन गर्ने, नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यस्तै जेठ २९ गते फ्रान्स जाने प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीले फ्रान्समा रहँदा त्यहाँका लगानीकर्ताहरुसँग नेपालमा लगानी भित्र्याउने विषयमा पनि छलफल गर्ने जनाए । नौ दिने भ्रमण सकेर प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्किने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here