काठमाडौं / प्रभु बैंकले काठमाण्डौको बल्खु चौकमा आफ्नो १८० औं शाखा स्थापना गरेको छ । आज जेठ २० गते एक समारोह बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शाखाको उद्घाटन गर्नु भयो।
उद्घाटन मन्तब्यका क्रममा शिवाकोटीले बैंकहरुको संख्या बृद्धिले जनतालाई राम्रो बैंक छान्ने अवशर हुने धारणा राख्नु भयो । उद्घाटन कार्यक्रमक्रो सभापतित्व बैंकका संचालक समितिकन अध्यक्ष देवीप्रकाश भट्टचनले गर्नु भएको थियो भने स्वागत मन्तब्य बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गर्नु भएको थियो ।

बैंकको सफलताको लागि का.म.पा वडा नं १४ का अध्यक्ष शोभा सापकोटा र बर्नहार्ट कलेजका प्रिन्सिपल नवराज अधिकारीले शुभकामना व्यक्त गर्नु भएको थियो ।


















