पर्यटक डुङ्गा दुर्घटनामा १५ जनाको मृत्यु

237

एजेन्सी / हंगेरीको राजधानी बुडापेस्टमा एक साताअघि भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुने पर्यटकको सङ्ख्या १५ पुगेको छ । दक्षिण कोरियाली दुई नागरिकको थप शव भेटिएपछि सो सङ्ख्या १५ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा परेका अझै पनि १३ व्यक्ति बेपत्ता रहेका प्रहरीले थप जानकारी दिएको छ । हंगेरीको राजधानी बुडापेस्टको ड्यानुब नदीमा दृश्यावलोकन गराउने एक डुङ्गा एक साता अगाडि पल्टिँदा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य २१ जना बेपत्ता रहेका त्यहाँको सरकारी सञ्चारमाध्यमले जानकारी दिएका थिए ।

सो डुङ्गामा ३३ जना दक्षिण कोरियाली पर्यटक सवार रहेको सोलस्थित विदेश मन्त्रालयले जानकारी दिएको थियो । हराइरहेका २१ व्यक्तिमा पनि प्रायः दक्षिण कोरियाली नागरिक नै रहेका दक्षिण कोरियाली विदेश मन्त्रालयले जानकारी दिएको थियो । स्थानीय समयानुसार गत बुधबार राति करिब ९ बजे भीषण रुपमा वर्षा भइरहेको अवस्थामा नदीको किनारमा बाँधेर अड्याइराखेको सो डुङगामा अर्को डुङ्गा आएर ठोक्किएपछि दुर्घटना भएको थियो । दुई तले सो डुङ्गामा ४५ जना बसेर दृश्यावलोकन गर्न सकिने क्षमता रहेको तर यस डुङ्गामा ६० जना सवार रहेका प्रत्यक्षदर्शीले जनाकारी दिएका थिए । हराइरहेका व्यक्तिको खोजीका लागि ड्यानुब नदीमा अझै पनि खोजी अभियान चलाइएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here