उपत्यकामा आँखा सम्बन्धी गम्भीर समस्या बढ्दै

463

आँखालाई संक्रमण हुनबाट जोगाउनुपर्छ । काठमाडौंमा फैलिएको धूलो र धुँवाको कारण आँखामा गम्भीर समस्या देखिन थालेको छ । मानिसहरुले यसमा खासै ध्यान नदिएकाले आँखा पाक्ने देखिआँखाको हेर्ने शक्तिलाई समेत कमजोर पार्दै गएको छ । मोबाइल, ल्यापटप ,कम्प्युटर र टेलिभिजनजस्ता इलेक्ट्रोनिक डिभाइस निरन्तर प्रयोग गर्नाले पनि आँखाको हेर्ने शक्तिमा समस्या बढ्दै गएकोले हामीले  आँखालाई विशेष ध्यान दिन आवश्यक छ ।

धूलो र धुँवाको कारण आँखामा संक्रमण हुन्छ । यसका कारण आँखा पाक्ने, सुख्खा हुने , पोल्ने, बिझाउने जस्ता समस्याहरु देखिन्छन् ।  बच्चा देखि बृद्धसम्मको दैनिकीमोबाइल, ल्यापटप ,कम्प्युटर र टेलिभिजनजस्ता इलेक्ट्रोनिक डिभाइस निरन्तर प्रयोग गर्नाले आँखालाई कमजोर पार्दै जान्छ । कम्प्युटरको माध्यमबाट लगातार काम गर्ने पत्रकार, बैंकर्स, कर्मचारी लगायतमा पनि आँखा पोल्ने, दुख्ने समस्या देखिन थालेको छ । आँखामा देखिने समस्यालाई कम्प्युटर भिजन सिन्ड्रोम पनि भनिन्छ ।

आँखालाई कसरी सुरक्षित राख्ने ?

  •  धूलो र धुँवाबाट बच्न मुखमा माक्स लगाए जस्तै आँखामा पनि प्रोटेक्टिभ ग्लास लगाउनुपर्छ ।
  • बाहिरबाट आएपछि सफा पानीले आँखापखाल्नुपर्छ ।
  • आँखामा फोहोर पस्यो भने सफा पानीले पखाल्नुपर्छ। आँखा मिच्ने गल्ती गर्नु हुँदैन ।
  • आँखाको दृष्टि कम भयो , आँखा रातो हुने आँखा दुख्यो, पोल्यो र टाउको दुख्यो भने पनि चिकित्सकलाई आँखा देखाउनुपर्छ।
  •  आँखाकै कारण टाउको दुख्य समस्या बढी हुन्छ । कम्प्युटर लगायतका इलेक्ट्रोनिक डिभाइस प्रयोग गर्दा प्रत्येक बीस मिनेटमा बीस सेकेण्ड आँखा बन्द गरेर भित्र घुमाउनुपर्छ ।
  • प्रत्येक घण्टामा एक मिनेट आँखालाई आराम दिनुपर्छ । एक मिनेटको समय आँखा घुमाएर टाढा र खुल्ला ठाउँमा हेर्नुपर्छ ।
  • कम्प्युटर चलाउँदा एन्टी रिफ्लेक्टिभ कोड (एआरसी) भन्ने चश्मा पाउँछ त्यो लगाउँदा आँखालाई सुरक्षित राख्न सकिन्छ ।
  • आँखाको हेर्ने शक्तिमा समस्या बढ्दै गएर आँखाको नशा फुटिसकेको हुन्छ र आँखाको उपचार गर्न निकै कठिनाई हुन्छ । आँखालाई विशेष ध्यान दिन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here