सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने पुरुषको संख्या बढ्दै

410

काठमाडौं / मुलुकी देवानी संहिता लागू भएपछि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने पुरुषको संख्या बढ्दै गएको छ ।

चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म दर्ता भएका चार सय २४ सम्बन्ध विच्छेदका मुद्दामध्ये एक सय ३५ मुद्दा पुरुषका छन् ।

जिल्ला अदालत ललितपुरका अनुसार देवानी संहिता लागू हुनुपूर्व पुरुषले मुस्किलले एकरदुईवटा मात्र विच्छेदका मुद्दा दर्ता हुने गरेको थियो ।

‘कानुनी प्रक्रियाको सहजताले सम्बन्ध विच्छेद गर्ने पुरुषको संख्यामा वृद्धि भएको पाइएको छ,’ अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीले भने, ‘पहिले सम्बन्ध विच्छेदसम्बन्धी कानुनमा पहुँच सहज नभएकाले पुरुष सम्बन्ध विच्छेद गर्न जाँदैनथे, अहिले कानुनी पहुँच सहज हुनाले सम्बन्ध विच्छेद गर्ने पुरुष तुलनात्मक रूपमा बढेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here