काठमाडौं- माओवादी जनयुद्धको क्रममा राज्यबाट मारिएका सहिद बिष्णु पोख्रेल र धनिराम थारुको स्मृतिमा राजधानीको गोकर्णस्थित सहिद पार्कमा बृक्षारोपण गरिएको छ ।
सो अवसरमा आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सचिवालय बामदेव गौतम र स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’लगायतले सम्वोधन गरेका थिए ।
पोख्रेल त्यतिबेलासम्मकै माओवादीको माथिल्लो तहको नेता थिए।
२०३८ सालदेखि २०४२ सालसम्म तत्कालीन नेकपा चौमका दाङ जिल्लाका सेक्रेटरी रहेका पोख्रेल चौम बिभाजन भएर नेकपा मशाल र नेकपा मसाल भएपछि २०४२ सालमा मोटो मशालको केन्द्रीय सदस्य समेत भएका थिए ।
२०४७ सालमा बर्दियाको पार्टी प्रमुखको जिम्मेवारी सम्हालेका पोख्रेल २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य र सोही बर्ष भएको आम निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका थिए ।


















