गाउँपालिकाका इन्जिनियर घुससहित पक्राउ

212

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीले घुससहित गाउँपालिकाका इञ्जिनियरलाई रंगेहात पक्राउ गरेको छ ।

सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई अख्तियारको टोलीले घुससहित आज बिहान पक्राउ गरेको हो ।

आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा १ लाख रुपैयाँ घुस लिएको आरोपमा उनलाई पक्राउ गरेको आयोगको इटहरी कार्यालयका प्रमुख महेश आचार्यले जानकारी दिए ।

कुन ठाउँको झोलुङ्गेपुल रहेको भने खुलाइएको छैन । उक्त टोलीले झोलुङ्गेपुल निर्माण गरेको र बिल भुक्तानी गर्ने विषयमा १ लाख रुपैयाँ घुससहित गाउँपालिकाका इञ्जिनीयर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here