नेकपाका ३१ हजार कार्यकर्ता कांग्रेसमा प्रवेश

112

काठमाडौं- नेपाली कांग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने जनाएको छ ।

बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा गरेर दुई हजार कार्यक्रम भएका छन् । ३१ हजार ६४२ जना कांग्रेस पार्टीमा प्रवेश गर्नु भएको छ ।’

यसरी पार्टी प्रवेश गर्नेमा बहुसंख्यक सत्तारुढ नेकपाका नेता-कार्यकर्ता रहेको उनले जनाए । उनीहरुलाई प्रशिक्षण दिएर उचित जिम्मेवारी दिने शर्माले जनाए ।

उनका अनुसार, जागरण अभियानबारे असार दोस्रो सातासम्म प्रतिवेदन बुझाउन भनिएको छ । असार तेस्रो साता केन्द्रीय कार्यसमितिको बैठक बसेर समीक्षा हुनेछ ।

नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ गठन र तरुण दल कार्यसमिति विस्तार छिट्टै गर्ने भएको छ । हाल ११औं महाधिवेशनबाट निर्वाचित समितिका अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि केही महिनायता नेविसंघ केन्द्रीय समितिविहीन छ भने तरुण दल कार्यकाल सकिनै लाग्दासम्म ४ जना पदाधिकारीमै सीमित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here