ट्रिपरको ठक्करबाट पत्रकारको मृत्यु

72

काठमाण्डौं- टिपरको ठक्करबाट पत्रकार नन्द बहादुर गेलाङको मृत्यु भएको छ । रुकुमबाट सुर्खेतको छिन्चु आएरहेको बा ५ ख नम्बरको ट्रिपरले ठक्कर दिँदा गेलाङको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

लेकवेशी नगरपालिका ७ कल्याणका गेलाङको बुधबार भेरीगंगा नगरपालिका ८ स्थित लोदेमा ट्रिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

विरेन्द्रनगरबाट प्रकाशित हुने सुर्खेत पहिचन दैनिकका प्रकाशक तथा सम्पादक रहेका गेलाङ आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) सुर्खेतका संस्थापक अध्यक्ष समेत थिए ।

गेलाङ नेपाल पत्रकार महासंघ सुर्खेतका शाखाका सहसचिव समेत हुन् । दुर्घटना गराएर फरार रहेका ट्रक ड्राइभरलाई खोजी भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here