काठमाडौंबाट ८२ जना पाकेटमार पक्राउ

259

काठमाडौं– काठमाडौं प्रहरी परिसर, टेकुले जेठ महिनामा मात्रै ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष अभियान सञ्चालन गरेर सवारी साधानमा पाकेटमारी गर्ने र विभिन्न ठाउँबाट चोरी गर्ने व्यक्तिलाई सार्वजनिक गरिएको हो ।

काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार सार्वजनिक सवारी साधानमा पाकेटमारी र चोरीका घटना बढेको सूचनाको आधारमा जेठ महिनाभर चलाइएको अपरेशनका क्रममा उनीहरुलाई समातिएको थियो ।

चोर समात्न यातायात व्यवसायीको सहकार्यमा सादा पोशाकको प्रहरी खटाइएको थियो । पक्राउ परेका मध्ये अधिकांश बस तथा माइक्रो बसमा यात्रुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल र गरगहना चोर्दै गर्दा समातिएका थिए ।

सार्वजानिक बसहरुमा विभिन्न बस पकेटहरुबाट २-२ जनाको दरले ६ जना सम्मको ग्रुप वनाई वस भित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाई अगाडी पछाडीवाट घेरावन्दीमा पारि ठेलमठेल को अवस्था वनाई मौका छोपि विभिन्न सामान मोवाईल, नगद र सुनचाँदी पकेटमारी गरि पालो पालो गरि ओर्लने गर्दछन्

उनीहरुले पकेटमारी गर्दा एक अर्कामा प्रयोग गर्ने सांकेतिक भाषा – पैसा- द , मोवाईल – कान, पकेटमारी पिडित – रामे, पकेटमारी गर्ने (मास्टर) – काशी, पैसा धेरै छ – टानको द पैसा थोरै छ जुटको द , गाडी – कांचा, यस्ता भाषा प्रयोग गरी पकेटमारी गर्ने गरेका छन् ।

केटा – छापा, केटी-भद्रि पुलिस आयो ठल्दाई आयो , ड्राईभर – माम, खलासी-मले, गाडीवाट झरेर भाग- टप्की, गाडी भित्र अगाडी सर – अकल जा, गाडी भित्र पछाडी सर – चिछल जा यस्ता भाषा प्रयोग गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here