अमेरिकी सेनाले मध्य पूर्वमा थप एक हजार सैनिक थप्ने भएको छ । अमेरिकी सेनाले इरानसँगको तनाव बढ्दै गएका बेला सैनिक तैनाथ गर्ने भएको हो ।
कार्यवहाक रक्षा मन्त्री प्याट्रिक शानाहनका अनुसार इरानी सेनाको प्रतिकुल व्यवहारका कारण सैनिकको तैनाथी बढाउने निर्णय गरिएको हो । अमेरिकी जल सेना ९नेभी० ले नयाँ तस्बिर सार्वजनिक गरेको छ, जुन तस्बिर हालै गल्फ अफ ओमानमा भएको तेलका दुई ट्यांकरमाथिको आक्रमणसँग सम्बन्धित रहेको बताइएको छ ।
गल्फ अफ ओमानमा तेलका दुई ठूला समुद्री ट्यांकरमाथि भएको आक्रमणमा इरानको संलग्नता रहेको अमेरिकी आरोप छ । साउदी अरेबियाले पनि इरानमाथि नै आरोप लगाएको छ । तर इरानले भने आफ्नो संलग्नता स्पष्ट रुपमा अस्वीकार गर्दै आएको छ ।
अमेरिकाले सार्वजनिक गरेको तस्बिरमा आक्रमणमा परेको जापानी ट्यांकरबाट बाँकी रहेका बिस्फोटक पदार्थ इरानी सेनाले साना डुंगामा ओसारी रहेका छन् । गएको बिहीबार भएको आक्रमणमा नर्वेजियन ट्यांकरमा पनि क्षति पुगेको थियो ।
तनाव बढ्दै जाँदा इरानले सोमबार आफू सन् २०१५ मा भएको परामाणु सम्झौताबाट पूर्णरुपमा बाहिरिएको घोषणा गरेको छ । यो सम्झौता अनुसार इरानको रसायन उत्पादनमा नियन्त्रण कायम भएको थियो ।
इरानले १० दिन भित्र ९जुन २७० सम्ममा सन् २०१५ को सम्झौताले तोकेको युरोनियम उत्पादनको सीमा पार गर्ने घोषणा गरेको छ ।
सम्झौताबाट अमेरिका बाहिरिएको थियो र उसले इरानमाथि सम्झौताका शर्त उल्लंघन गरेको आरोप लगाएको थियो ।


















