‘द भ्वाईस अफ नेपाल’को कोच सिटमा सनुप र अभया आउट, आस्था र राजु इन

230

काठमाडौं– रियालिटी शो ’द भ्वाईस अफ नेपाल’को दोस्रो सिजन आउँदो केहि दिनमै सुरु हुँदैछ ।

‘द भ्वाइस अफ नेपाल’ सिजन– २ मा दुईजना कोच परिवर्तन भएका छन् । पहिलो सिजनमा कोच बनेका पप गायक सनुप पौडेल र रक गायिका अभया सुब्बा (स्टिम इन्जिन) दोश्रो सिजनमा नहुने भएका छन् ।

पहिलो सिजनका बाँकी दुई निर्णायक बरिष्ट गायक दीप श्रेष्ठ र गायक प्रमोद खरेल दोश्रो सिजनमा पनि रहेका छन् । यस अघिको कोच सनुप पौडेल र गायिका अभया सुब्बाको ठाउँमा पप गायक राजु लामा र पप गायिका आस्था राउत कोचको रुपमा भित्रिएका छन् ।

आगामी साउनको पहिलो साताबाट भ्वाईस अफ नेपाल सिजन २ हिमालयन टेलिभिजनबाट प्रशारण हुँदैछ । दोस्रो सिजनमा द भ्वाईस अफ नेपाललाई टाइटल स्पोन्सरको रुपमा युनाईटेड सिमेन्टले साथ दिएको छ ।

साथै, सह प्रायोजकको रुपमा एनआइसी एशिया बैंक र आइएमइ ग्रुप रहेका छन् । यसैगरी भोटिङ तथा पेमेन्ट पार्टनरको रुपमा प्रभु पे रहेको छ । कार्यक्रम निर्देशकको रुपमा अघिल्लो सिजना झै लक्ष्मण पौडेल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here