ओखलढुंगामा जिप दुर्घटना, ५ यात्रु घाइते

217

ओखलढुंगा– ओखलढुंगाको रुम्जाटारमा जिप दुर्घटना हुदाँ जिपमा सवार ५ यात्रु घाइते भएका छन्।

रुम्जाटारबाट सदरमुकाम आउँदैको को२ह ४९०० नम्बरको जिप सिद्धिचरण नगरपालिका–११ बरडाँडामा दुर्घटना भएको हो।

दुर्घटनाबाट घाइते हुनेहरूमा सिनपा–९ ज्यामिरेका खड्गनारायण श्रेष्ठ, सुनकोशी गाउँपालिकाका भरत राई, खिजीदेम्वा गाउँपालिकाका फुरी शेर्पा, चालक सिद्धिचरण नगरपालिका–५ का सानुराम दाहाल घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।

घाईतेहरु जिल्ला सदरमुकाम ओखलढुंगामा बिहीबार देखी संचालन भएको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीतामा भागलिन आएका बिद्यार्थीहरु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। जिप सडकबाट अनियन्त्रित भई १०० मिटर तल खसेको थियो। घाइते सबैको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। घटना र घाइतेबारे थप जानकारी आउन बाँकी रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here