रसुवागढीको सुरुङबाट १७ जनाको सकुशल उद्धार

108

काठमाडौँ– निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ ।

शुक्रबार बिहान ७ बजेतिर ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको प्रहरी अधिकारीले जनाएका छन् ।

बिहीबार राति साढे ८ बजेतिर गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी क्षेत्र नजिक निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङभित्र सुख्खा पहिरो खस्दा एक सय मिटरभित्र काम गरिरहेका १७ जना कामदार थुनिएका थिए । कामदार थुनिएको खबर लगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here