अर्घाखाँचीमा जिप दुर्घटना, २ जनाको मृत्यु , ५ गम्भिर घाइते

70

काठमाडौं– अर्घाखाँचीको सन्धीखर्क टुपा देउराली मन्दिर छेऊ जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना गम्भिर घाइते भएका छन् ।

रुपन्देहीको कृष्णनगरबाट आएको लु १ ज १३२९ नम्बरको जीप सडकबाट करिब साढे ३ सय मिटर तल खोलामा खस्दा दुर्घटना भएको हो ।

घटनामा घाइते भएकाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हालसम्म दुर्घटनाको कारण खुलिसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here